Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुट्टी देखिसकेका छौँ, अँध्यारो युगमा फर्काउने नसोच्नुस्: माधव नेपाल


    बिहिबार, कार्तिक १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।

    आज प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न चेतावनी दिए ।

    “अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुस् । कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ,” उनले भने ।

    प्रधानमन्त्री र मन्त्रीले राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन नेता नेपालले आग्रह गरे ।

    “देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो ? यदि, प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुुस् राजनीतिमा, विकल्प दिनुस् । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस्,” उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार