Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीको बलान बिहुलमा दशैंको तीन दिन मदिरा निषेध


    सोमबार, कार्तिक ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सप्तरीको बलान बिहुल गाउँपालिकाले दशैंको तीन दिन मदिरा खरिद बिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ ।

    गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले आज सूचना जारी गर्दै कार्तिक ६, ७ र ८ गते बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म मदिराजन्य बस्तुको खरिदबिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको बताएका हुन् ।

    सूचनामा भनिएको छ, ‘दशैं पर्वलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न मदिराजन्य वस्तु बेचविखन तथा ओसार पोसार नगर्नु नगराउनु हुन सुचित गरिन्छ ।’

    सूचनाको उल्लंघन गर्ने पसल तथा व्यक्तिहरुलाई नियमानुसार कार्यवाही हुने चेतावनी समेत दिइएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार