Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैंले सुनसान बन्यो काठमाडौं उपत्यका


    सोमबार, कार्तिक ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले भने सुनसान बनेको छ। बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो । काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका छन् ।

    सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । धेरैजसो मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर घरमै केन्द्रित छन् । त्यसैले सार्वजनिक यातायातका साधन पनि फाट्टफुट्टमात्र चलेका छन् ।

    काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्र पनि आजदेखि सुनसान देखिन्छन् । यी नाकाहरुबाट दैनिक एक लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमानित तथ्यांक छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार