Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चा बनेपछि कतिपय पार्टीको सातो गयो: माधव नेपाल


    सोमबार, असोज २९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दल एक भएर समाजवादी माेर्चा बनेपछि देशमा तरङ्गित भएको बताएका छन् ।

    उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको समेत बताए ।

    ‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ,’ समाजवादी मोर्चाले धनगढीमा गरेको कार्यक्रममा नेपालले भने, ‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’

    आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार