काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ। इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई-बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो ।
संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ । संस्थानका जिम्मेवार पदाधिकारी कोही पनि सञ्चार सम्पर्कमा आउन चाहेका छैनन्। सबै पदाधिकारी भागाभागको स्थिति छ। संस्थानमा चार जना सहायक डिन छन्।
तीमध्येका एक जना सहायक डिनले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “सोमबार राति डिन सरले ज्यान जोगाउन बाध्य भएर हस्ताक्षर गर्नुभएको हो । हामी कसैलाई पनि सहमति स्वीकार्य छैन । त्यसैले असोज २२ गते प्रवेश परीक्षा सञ्चालन हुँदैन ।”
दुईबुँदे सहमतिपत्रमा संस्थानका तर्फबाट डिन प्राडा शशीधर जोशी र सहायक डिन प्राडा सुशील वज्राचार्यले हस्ताक्षर गर्नुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियुलगायत विद्यार्थीका ११ जना नेताले हस्ताक्षर गरेका छन् ।
पुरानै शुल्कमा नयाँ भर्ना गर्ने र नयाँ भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन चाहनेले असोज १८ गतेसम्मका लागि आवेदनको म्याद थप्ने तथा असोज २२ गते प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । खाली कागजमा सहमति गरिएको थियो । सहमतिपछि डिनको कार्यालयको लेटरप्याडमा प्रवेश परीक्षासम्बन्धी सूचना टाँस गरिएको थियो ।
अर्का एक सहायक डिनले आफूहरूलाई विद्यार्थी सङ्गठनहरूले निकै आतङ्कित पारेको गुनासो गर्दै आफूहरू जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुभयो। इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन शुल्क सात लाख ७५ हजार रुपियाँ पु-याउने निर्णय गरेको थियो ।
हाल तीन लाख १८ हजार रुपियाँ शुल्क रहेको छ । संस्थानले वार्षिक झन्डै १५ करोड रुपियाँ घाटामा रहेको भन्दै शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्धमा विद्यार्थी सङ्गठनहरू उत्रिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend