Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे


    मंगलबार, असोज १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

    समितिका अनुसार दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

    यस वर्षको दशैं सुरुवात असोज २८ गते आइतबार हुनेछ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८:२४ बजे शुभ रहेको समितिले जनाएको छ ।

    कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न सकिने समितिको भनाइ छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार