Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु


    मंगलबार, असोज ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

    तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले बताएको छ ।

    सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ समेत पोजिटिभ देखिएको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार