Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • लुम्बिनी प्रदेश योजना आयोगमा थपिए दुई सदस्य


    शुक्रबार, असोज ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्यलाई नियुक्त गरेको छ ।

    योजना आयोगमा उपाध्यक्षसहित ४ जना भएका छन् । १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको छैन ।

    प्रदेशले आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल र रोल्पाका सुधन कुमार वली नियुक्त भएका छन् । खनाल माओवादी तथा वली कांग्रेस कोटाबाट नियुक्त भएका हुन् ।

    भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेपनि बल्ल शपथ गराइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार