Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल भन्छन्- राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छन्


    शुक्रबार, असोज ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।

    राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै पौडेलली राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने दाबी गरेका हुन् ।

    अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उनको धारणा थियो ।

    राष्ट्रपति पौडेलले नेपालमा दलितहरू वस्तीका कारण पनि पीडित बनेको बताउँदै भने–‘‘जहाँ जहाँ असुरक्षित वस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढी पहिरोबाट पीडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुवानबाट दलित समुदाय नै पीडित बन्दै आएका छन् ।’’

    राष्ट्रपतिले नेपालको संविधानअनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार