Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिंहदरबारमा सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदै


    शुक्रबार, असोज ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज (शुक्रबार) पनि आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता हुँदै छ।

    आन्दोलनरत शिक्षकहरुसँग आज शुक्रबार बिहान ८ बजे गर्ने भनिएको उक्त वार्ता चार घन्टा पर सरेको छ ।

    संसदमा पेस भएको विद्यालय शिक्षा विधेयकको विरुद्ध बुधबारदेखि (असोज ३ ) देखि देशैभरीका शिक्षकहरुले काठमाडौंमा आन्दोलन गरेपछि सरकारले उनीहरुलाई वार्तामा बोलाएको थियो ।

    बिहिबार बिहान र राती भएको वार्ता निष्कर्षबिहिन भए पछि आज बिहान ८ बजेका लागि बोलाईएको थियो । तर, सो बार्ता अब १२ बजेसम्ममा सिंहदरबारमा हुनेछ ।

    शिक्षकहरुको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि बार्ता १२ बजेका लागि सारिएको हो । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुबै आन्तरिक छलफलमा जुटेका छन् ।

    सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार