Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार,तीन जना पक्राउ


    बिहिबार, असोज ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । २० वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार