Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम


    बिहिबार, असोज ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरूमा सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशहरूको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरूको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार