Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट


    सोमबार, असोज १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।

    आइतबार सम्पन्न सो भेटको उनीहरु बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।

    भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार