Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग, आजबाट आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनी


    आइतबार, भाद्र ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सन्चो अस्पताल हेटौँडाका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनीसमेत सङ्घले दिएको छ ।

    आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सङ्घले चेतावनी दिएको छ ।

    देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ । अविलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि पहल गर्न पनि सङ्घको माग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार