काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीमा एकैसाथ हजारौँ कन्या पूजा गर्ने परम्परा अनुसार बुधबार नौ हजार कन्या पुजिएका हुन् । यस पूजालाई सनातन कन्या पूजा सञ्चालक समितिले निरन्तरता दिइरहेको छ । यस वर्ष बुधबार नौ हजार कन्या पूजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सुरकृष्ण वैद्यले जानकारी दिए ।
बुइँगलबाट चोक, चोकबाट टोल र टोलबाट बस्तीभरि कन्यालाई राखेर पूजा गरिन थालिएको हो । बुधबार पूजा गरिएका कन्या काभ्रेपलाञ्चोक, भक्तपुर र सिन्धुपाल्चोकबाट ल्याइएका हुन् । पूजाका लागि सुरुमा स्थानीय भद्रभलादमीको उपस्थितिमा ३१७ रुपियाँ ५० पैसा जगेडा कोष स्थापना गरिएको अभिलेख पाइन्छ ।
बनेपा वकुटोलका लालबहादुर भोछिभोयाले यो प्रचलन सुरु गर्नुरेका हुन् । ३१७ रुपियाँबाट सुरु भएको अक्षयकोषमा यतिबेला १९ लाख रुपियाँ मौज्दात छ । भोलाखा टोलबाट सुरु भएको कन्या पूजाको इतिहास अहिले बनेपाकै पुलबजार, नाला, बुडोलसँगै शारदा बतासे, पनौती र दाप्चासम्म पनि फैलिएको छ । यस वर्ष पाँच स्थानबाट १५ हजारभन्दा धेरै कन्याको पूजा गरिएको आँकलन गरिएको छ । त्यसमध्ये बनेपामा मात्रै नौ हजार कन्या पुजिएका हुन् ।
शिशुको भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गराउने संस्कार झाँगिदै गएको समयमा हजारौँ कन्यालाई प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपा सहरमा पूजा गरेर छोरीको महत्वलाई बढावा दिएको बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले उल्लेख गरिन्।
प्राचीनकालमा भुजुङ र प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपामा भोछिभोया खलकले अन्यन्तै दुःख पाएपछि दुःख हट्ने विश्वाससाथ प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमी र भाद्र कृष्ण सप्तमीका दिन १० वर्षमुनिका कन्यालाई पूजा गरिँदै आएको छ । त्यतिबेला सातगाउँ भनिएको बनेपाका भोछिभोया खलक चण्डेश्वरी देवीका सन्तति मानिन्छन् ।
चण्डेश्वरी पनि कन्या भएकाले यहाँ हुने जुनसुकै पूजामा पनि सबैभन्दा कम उमेरको कन्यालाई प्रसाद खुवाएर ठूलालाई खुवाउने प्रचलन छ । मान्यता अनुसार यस पूजामा संलग्न भएपछि हरेक कार्यसिद्ध हुनुका साथै चेलीबेटी निरोगी रहन्छन् ।
दक्षिणा, स्वारी, मालपुवा, सेल, हलुवा र मिठाइलगायत आफ्नो क्षमता अनुसारका सामग्री दिएर कन्या पूजा गरिन्छ । समितिका कोषाध्यक्ष दिनेश कायस्थले यस वर्ष अक्षयकोषबाट आएको ब्याजको चार लाख रुपियाँ खर्च गरेको उल्लेख गर्नुभयो । दुई सय दाताले स्वतःस्फूर्त रूपमा दक्षिणा, चक्लेट, कापी, कलम उपहार दिन खर्च गरेका छन् ।
रजस्वला नभएका १० वर्षमुनिका कन्या बनेपा सहरको दायाँबायाँ लस्करै बस्छन् । बाजागाजासहित पुरोहितको पूजासँगै अन्य स्थानीय व्यक्तिले साथ दिन्छन् । अन्धविश्वास त्याग्नुपर्छ, सत्यलाई खोज्नुपर्छ र समाजको कन्यामा आत्मविश्वास भर्नुपर्छ भन्ने उद्घोषसाथ बर्सेनि यो पूजा हुने गरेको स्थानीय नवराज मानन्धरले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend