Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम


    शनिबार, भाद्र १६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अबस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दूई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भू९भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार