काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ ।
मेयरको सचिवालय र कामपा बोर्डको बैठकले इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय पर्वका रूपमा परिचय दिन पाहुना बोलाउन लागेको हो । निम्तो मान्न भगिनी सम्बन्ध कायम भएका १८ नगरका ४–४ जना, संस्था र स्थानीय तहका प्रमुख, उपप्रमुख र केही जनप्रनितनिधि आउने कार्यक्रम रहेको छ ।
कामपाका प्रवक्ता नवीन मानन्धरले २ साताअघि सबै पाहुनालाई निमन्त्रणा गरेको जानकारी दिए। उनले भने– ‘कामपाले सम्बन्ध कायम गरेका विश्वका मुख्य देश, अन्तर्राष्ट्रिय संस्था र राष्ट्रिय स्तरका ७ स्थानीय तहका प्रमुखलाई निम्तो पठाएका छौं । उहाँहरू इन्द्रजात्रा अवलोकन गर्न विश्व पर्यटन दिवसको दिन अर्थात् असोज १० गते नेपाल आउनुहुनेछ ।’
कामपाले चार दिनसम्मका लागि बस्ने र खाने व्यवस्था गरेको छ । ११ गते मुख्य जात्रा अवलोकन गरेपछि १२ गते भक्तपुर दरबारक्षेत्र भ्रमण गराउने कार्यक्रम तय भएको छ । चार दिनको बसाइपछि सबै पाहुनालाई औपचारिक रूपमा बिदा दिने गरी तयारी थालेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend