Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा.लामाबीच भेटवार्ता


    शनिबार, भाद्र ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाबीच भेटवार्ता सम्पन्न भएको छ। उनीहरुबीच लुम्बिनी होक्के होटलमा करिब एक घन्टाको भेटवार्ता भएको हो ।

    भेटवार्तामा उनीहरुले ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएको बारे चिन्ता व्यक्त गर्दै गुरु योजनाको लक्ष्य यथाशीघ्र पूरा गर्न बारे विशेष छलफल भएको बताइएको छ ।

    यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार ऐक्यवद्ध रहेको समेत भेटमा मुख्यमन्त्री चौधरीले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार