Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न हर्क साम्पाङलाई अदालतको आदेश


    शुक्रबार, भाद्र ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत विराटनगरले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न आदेश दिएको छ ।

    आज न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न आदेश दिएको हो ।

    धरानका रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जग्गामा प्रवेश गरेर धरपकड गरेको भन्दै मेयर साम्पाङविरुद्ध रिट दायर गरेका थिए । सर्दु सट्टाभर्नाको जग्गा भएको भन्दै धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेका थिए । तर, उक्त जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार