Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिठ्ठामा आईफोन पर्‍यो भन्दै झण्डै ५० लाख ठगी, दुई जना पक्राउ


    बिहिबार, भाद्र ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिठ्ठामा आईफोन पर्‍यो भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । भदौ ४ गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई कुपण्डोलको गुसिंगालबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पर्साको बहुदामाई-८ का ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीया-१ का २१ वर्षीय उमेशकुमार यादब रहेका छन् । उनीहरुले जमजम इलेक्ट्रोनिक्सले लक्की ड्र गर्दा आइफोन जितेको भन्दै एक महिलालाई भन्सार वापतको रकम पठाउनुपर्ने भन्दै आफ्नो बैंकखातामा रकम हाल्न लगाएका साइबर ब्यूरोले बताएको छ ।

    प्रहरीका अनुसार उनीहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ नगद र १८३ थान सीमकार्ड र १२ वटा एटीएम बरामद भएको छ । उनीहरुमाथि विद्युतीय माध्यमबाट ठगी गरेको आरोपमा अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार