काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर्न र बोर्डमा दर्ता गर्ने व्यवस्थामा बोर्ड लागेको जानकारी बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले दिए ।
उनले नेपालको कर प्रणालीमा दर्ता भएका सामाजिक सञ्जाल अब विज्ञापन बोर्डमा दर्ता हुनुपर्ने पनि उल्लेख गरे । सरकारले संशोधनसहित कार्यान्वयनमा ल्याएको विज्ञापन नियमावलीका विशेषताबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमावलीले मुलुकको विज्ञापन बजारलाई पारदर्शी बनाउनुका साथै विज्ञापन क्षेत्रमा देखिएको चुहावट नियन्त्रण हुन तथा विज्ञापन एजेन्सी र कर्मचारीबिचको मिलेमतो तोडिने विश्वास व्यक्त गरे ।
विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० साउन ३२ गते राजपत्रमा प्रकाशित भएको थियो। यससँगै विज्ञापन क्षेत्रका विकृति न्यूनीकरण हुने विश्वास गरिएको छ। विज्ञापनमा देखिएको चुहावट नियन्त्रण गर्नु नै यस नियमावलीको मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे । तीन वटै तहका सरकारले विज्ञापनमा वार्षिक पाँच अर्ब रुपियाँ खर्च गर्ने गरेको छ।
नियमावली अनुसार अब विज्ञापन एजेन्सीले विज्ञापनको भुक्तानी माग गर्दा सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि समावेश गरी आफ्नो सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी माग गर्नुपर्ने र सोही आधारमा भुक्तानी गर्नुपर्ने छ। यो समाचार गोरखापत्र दैनिकमा छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend