काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर्न र बोर्डमा दर्ता गर्ने व्यवस्थामा बोर्ड लागेको जानकारी बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले दिए ।
उनले नेपालको कर प्रणालीमा दर्ता भएका सामाजिक सञ्जाल अब विज्ञापन बोर्डमा दर्ता हुनुपर्ने पनि उल्लेख गरे । सरकारले संशोधनसहित कार्यान्वयनमा ल्याएको विज्ञापन नियमावलीका विशेषताबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमावलीले मुलुकको विज्ञापन बजारलाई पारदर्शी बनाउनुका साथै विज्ञापन क्षेत्रमा देखिएको चुहावट नियन्त्रण हुन तथा विज्ञापन एजेन्सी र कर्मचारीबिचको मिलेमतो तोडिने विश्वास व्यक्त गरे ।
विज्ञापन नियमन गर्ने (पहिलो संशोधन) नियमावली, २०८० साउन ३२ गते राजपत्रमा प्रकाशित भएको थियो। यससँगै विज्ञापन क्षेत्रका विकृति न्यूनीकरण हुने विश्वास गरिएको छ। विज्ञापनमा देखिएको चुहावट नियन्त्रण गर्नु नै यस नियमावलीको मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे । तीन वटै तहका सरकारले विज्ञापनमा वार्षिक पाँच अर्ब रुपियाँ खर्च गर्ने गरेको छ।
नियमावली अनुसार अब विज्ञापन एजेन्सीले विज्ञापनको भुक्तानी माग गर्दा सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि समावेश गरी आफ्नो सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी माग गर्नुपर्ने र सोही आधारमा भुक्तानी गर्नुपर्ने छ। यो समाचार गोरखापत्र दैनिकमा छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend