Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद्को नियमित बैठक भोलि बिहान ९ बजेलाई सर्‍यो


    मंगलबार, भाद्र ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले मन्त्रिपरिषद्को नियमित बैठकलाई बुधबार बिहान ९ बजेलाई सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अन्य मन्त्रीहरुको कार्यव्यस्तता कारण बैठक सारिएको हो ।

    अन्य समयमा मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो । अहिले नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेकाहरु उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई भेटिरहेका छन् ।

    प्रधानमन्त्री दाहाल केही समयअघि मात्रै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ कार्यक्रममा सहभागी थिए । त्यसअघि उनी शीर्ष नेताहरुको बैठकमा सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार