Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • हाम्रो विद्रोह औचित्यपूर्ण छ : माधव नेपाल


    सोमबार, भाद्र ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट गरेको विद्रोहको औचित्यपूर्ण भएको बताएका छन् । आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    अहिले पनि संविधान र संसदमाथि धावा बोल्ने काम भइरहेको भन्दै उनले अग्रगमनलाई जोगाउन पार्टीको भूमिका रहने बताए । आफूहरुले विद्रोह नगरेको भए तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान, संघीयता र संसद समाप्त गरिसक्ने दाबी गरे ।

    उनले भने, ‘यति मात्र होइन, हाम्रो विचार समूहमा रहेका पार्टीका नेता कार्यकर्तामाथि चरम दमन गर्नुहुन्थ्यो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार