Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


    बिहिबार, साउन ३२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका उनको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुने भएको हो ।

    यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

    करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार