Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन ६० केजी मात्रै


    मंगलबार, साउन ३० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुनको तौल ६० ७१६ ग्राम केजी मात्रै रहेको छ। आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो ।

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्न थालिएको हो । उक्त छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

    उनका अनुसार ब्रेक सुबाट सुन छुट्याएर गालेपछि ६० केजी सुन रहेछ । ब्रेक सुबाट सुन निकाल्दा ६० किलो भएको थियो ।

    गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो । त्यसै अनुसार सुन घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।

    भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।

    हाल यस प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार