Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल आज स्वदेश फर्कँदै


    सोमबार, साउन २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदै छन् । भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफ्नो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन ।

    अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ । एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परे पछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन ।

    पूर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गए पनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट विदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार