काठमाडौं । भैरहवाबाट आएका अजय पाण्डे उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा यताउता गर्दै थिए। उनी आफ्नो स्कुटर लिन ट्राफिक कार्यालय पुगेका थिए। आफ्नो विवरण खुल्ने कागजात लिएर ट्राफिकमा पुगे पनि कार्यालयका कर्मचारीले घरी के, घरी के भनेर अल्झाइरहेका थिए।
बुधबार दिउँसो १२ बजेतिर परिसरमा भेटिएका उनले ३ वर्षअघि स्कुटर बेचेका थिए। तर, पास गरेका थिएनन्। स्कुटर किन्ने व्यक्तिले पटक–पटक आग्रह गरे पनि पास गर्नका लागि आनाकानी गरे। कागजात अजयकै नाममा थियो। एकदिन मापसेको आरोपमा ट्राफिक चेकिङका क्रममा स्कुटर प्रहरीले नियन्त्रणमा लियो। स्कुटर लिन आउन भन्दै ट्राफिक कार्यालयबाट पटक–पटक फोन गरेपछि अजय काठमाडौं आएका थिए। तर, घरी बिलबुक ल्याउन त, घरी यातायात कार्यालयको पत्र ल्याउन भन्दै प्रहरी कर्मचारीले अजयलाई अल्मलाइरहे।
अजय भन्छन्, ‘आफ्नै नामको स्कुटर लिन पनि यति झन्झट ? यस्तै गर्छन् र सवारीधनी आउनै खोज्दैनन्। जरिवाना तिरेर सजिलै लैजान पाए लाखौं पर्ने सवारी साधन यसै कसले छाड्छ ?’
यस्तै केही दिनअघि एक महिला र पुरुष पार्टी ड्रेसमै ट्राफिक कार्यालयमा भेटिएका थिए। सडकमा मोटरसाइकल पार्क गरेर पाटीप्यालेस पसेका उनीहरू बाहिर निस्कँदा मोटरसाइकल नभेटेपछि हस्याङफस्याङ गर्दे ट्राफिक महाशाखा पुगेका थिए। सडकमा पार्किङ गरेको भन्दै महानगर प्रहरीले उनीहरूको सवारी साधन बग्गीखाना पुर्याएको थियो।
पार्किङ शुल्क तिरेर सवारी लैजाने तयारी गरेका उनीहरूलाई प्रहरी कर्मचारीले रोकिरहे। घरी कर तिरेको रसिद माग्थे त घरी लाइसेन्स कहाँबाट निकालेको भन्दै केरकार गर्थे।
प्रहरी कार्यालयमा यस्ता दृश्य हरेक दिन देखिन्छन्। कोही बिल बोकेर आएका हुन्छन् त कोही सवारी साधन लैजान पाउ भन्दै याचना गरिरहेका हुन्छन्। तर, नियमले बाधिएको भन्दै ट्राफिक प्रहरी सवारीधनीसँग लचिलो देखिँदैन। ट्राफिक नियम तोडेको भन्दै उनीहरूप्रति रुखो व्यवहार देखाउँछन्।
उपत्यकाभरको प्रहरी कार्यालयमा र ट्राफिक कार्यालयमा २ हजार बढी संख्यामा सवारी साधन थुप्रिएका छन्। जसमा दुईपाङग्रे १९१३ र चारपांग्रे ४१ वटा छन्।
१०० जनाले भने प्रक्रिया पुर्याएर सवारी साधन फिर्ता लगेका छन्। वर्षौंदेखि यसरी थुप्रिएका सवारी साधन न त सवारीधनीले लैजान नै सक्छन् न त सरकारले बेच्न वा प्रयोग गर्न नै पाउँछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend