Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मदन पुरस्कारका लागि छानिए उत्कृष्ट पाँच कृति


    बुधबार, साउन २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७९ का लागि पाँच कृतिहरू छनौट गरेको छ। गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट पाँच छनौट गरिएको र यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।

    छनौट गरिएका पाँच कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् ।

    २०७५ सालबाट मदन पुरस्कारको राशि चार लाख रुपियाँ रहँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार