काठमाडौं । मंगलबार बिहानैदेखि राजधानीका नदी किनारका दर्जनौं स्थानमा बाढी पस्यो। बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनहरालगायतका नदीमा पानीको सतहले खतराको स्तर पार ग¥यो। करिडोरका सडक, बस्ती, सर्वसाधारणका घर डुबानमा परे।
देशकै राजधानी बर्सेनि बाढी र डुबानको समस्या बेहोर्न बाध्य छ। किन त रु विज्ञको जवाफ छ, ‘नदी, खोला अतिक्रमणमा परे। साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे।’
जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पछिल्लो २४ घण्टामा राजधानीमा परेको पानी ‘धेरै’ होइन। विभागका अनुसार मंगलबार बिहान ८ बजेसम्म ६४ दशमलव ३ मिलिमिटर ९मिमि० मात्रै वर्षा भएको हो। तर, बाढी तथा डुबानको पछाडि जलाधार क्षेत्र दोहन तथा अतिक्रमण नै मुख्य कारण बनेको विज्ञहरूको तर्क छ। उक्त मात्राको पानी विगतमा पनि पर्ने गरेको भए पनि यसपालि अति नै भएको हो।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरेश मरहठ्ठाका अनुसार विभागले ६४।३ मिमि भनेको भएता पनि औसतमा ८० मिमि पानी परेको छ। जसकारण प्रायः नदीमा पानीको ‘ओभरफ्लो’ भएको छ। उनले भने ‘पानी पर्ने अवधि र बाढी निकास हुने अवधिबराबर जस्तै भयो। त्यसैले गर्दा एकचोटी ठूलो बाढी देखियो।’ मंगलबारको बाढीलाई मरहठ्ठाले ‘सामान्य’ भनेका छन्।
नदीहरू अतिक्रमणमा परेका छन्। खोलाहरू साबिकको भन्दा आधामा खुम्चिएका छन्। भूउपयोग फेरिएको छ। खुला जमिन ढलान भएका छन्, पानी सोस्ने ठाउँ छैन। ढलानबाट पानी बगेरै जान्छ।
काठमाडौं उपत्यकाको हकमा बाघद्वार उद्गम बिन्दु भएको बागमतीको पानी चोभारसम्म पुग्ने अवधिलाई ‘टाइम अफ कन्सन्टे«सन’ भनिन्छ। यो अवधिभर वर्षा भएमा नदीमा पानीको मात्रा अत्यधिक हुन्छ। सबैतिरको पानी एकैपल्ट नदीमा पुग्दा जलस्तर बढ्छ। त्यस्तो अवस्थामा पानी नदीबाट ओभरफ्लो भएर बस्ती र अन्यत्र जान्छ। मंगलबार पानी पर्ने अवधि ‘टाइम अफ कन्सन्टे«सन’भन्दा लामो रहेको मरहठ्ठाको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend