काठमाडौं । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ ।
त्यहाँ ३० वटा छुट्टै शय्याको व्यवस्था गरिएको छ । एनआइसियू कुरुवा बस्ने बेडमा नवजात शिशुका आमालाई बस्न सकस हुन्छ । एकछिन बस्दा उपियाँ र उडुसले टोकेर खपिसक्नु हुँदैन । त्यसैले त्यहाँ बस्ने सुत्केरी भुइँमा बिस्तारा लगाएर सुत्ने गरेका छन् । कुरुवा युवराज सापकोटा सुत्केरी महिला राख्ने शय्याभन्दा बाहिर बस्न थालेको एक साता भयो । भुइँमा समेत बस्न उहाँलाई कठिन छ । त्यहाँ बस्ने सबै ३० दिनभन्दा मुनिका सुत्केरी हुन् ।
उनीहरूलाई उडुस, उपियाँले टोकेर दुःख दिने गर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली बिहीबार कान्ति बाल अस्पताल पुग्दा एनआइसियू्को कुरुवाघरमा रहेका अधिकांश महिलाको गुनासो थियो, “यहाँ बस्न र बाथरुम जान साह्रै मुस्किल रहेको छ ।” एकातिर उपियाँ उडुसले टोकेर हैरान गर्छ । अर्कोतिर बाथरुममा गयो, बस्न सक्ने अवस्था हुँदैन ।
यस विषयमा कान्ति बाल अस्पतालका निर्देशक डा। युवानिधि बसौलासँग बुझ्दा अस्पतालमा उपियाँ, उडुस परेको स्विकारे । “दुई साताअघि मात्र उपियाँ, उडुस हटाउनका लागि औषधीको प्रयोग गरिएको थियो,” उनले भने, “जति गरे पनि उपियाँ, उडुस हटाउन सकिएन ।”
अस्पतालको एनआइसियूमा मात्र होइन ओपिडीमा समेत उपियाँ, उडुसले सताउने गरेको बताउँदै उहाँले एनआइसियू कुरुवा घर (तीस दिनभन्दा कम उमेरका) सुत्केरी बस्ने शय्या र ओपिडीमा उपियाँ र उडुसले दुःख दिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend