Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विशेषज्ञ लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल


    शुक्रबार, साउन १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षामा ५२ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज लिएको परीक्षामा ४८ प्रतिशत चिकित्सक मात्रै पास भएका हुन् ।

    काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए । शुक्रबारको परीक्षामा २०९ जनाले मात्रै सहभागिता जनाएका थिए ।

    जसमध्ये १०१ अर्थात ४८.३३ प्रतिशत पास र १०३ अर्थात ५१.६७ प्रतिशत चिकित्सक फेल भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार