काठमाडौं । विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उक्त ठगीमा संलग्न तीन जना फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बूढानीलकण्ठमा घर भाडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गरेको आरोपमा उनीहरुको प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मेलम्ची घर भई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घर भई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिला बहादुर भोलोन छन् । त्यस्तै दीपेश गुरुङ भन्ने भीम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ ।
कटुवालले शंखर अर्याल भन्ने व्यक्तीसँग स्कार्पियो भाडामा लिएको र ६ लाख १२ हजार ५ सय रूपैयाँ नगद पनि ठगेको, हरिप्रसाद अर्यालसँग ४८ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरी ८ लाख ३६ हजार ९ सय रूपैयाँको सामान लगेर भुक्तानी नगरेको, नवराज पाण्डेसँग ८५ हजार रूपैयाँ बराबरको सामान लगेर भुक्तानी नगरेको, दीपेन्द्र धरेलसँग १५ लाख ६० हजार ३ सय ४ रुपैयाँ बराबरको सामान लगेर भुक्तानी नगरेको, गणेश शाहसँग बोलपत्रको धरौटीबापत ११ लाख २७ हजार ९ सय ५० रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend