Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी र माधवले वास्ता गरेनन्, समाजवादी मोर्चाले पनि बोलाएन: वामदेव


    शनिबार, साउन ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बाटो तत्काललाई बन्द भएको उल्लेख गरेका छन्।

    गौतमले आफ्नो पार्टी एमाले वा एकीकृत समाजवादीमा समाहित हुन खोजे पनि दुवैले वास्ता नगरेको बताएका हुन्।

    ‘म नेकपा एमाले र एकीकृत समाजवादी दुई वटै पार्टीसँग एकीकृत हुन निरन्तर वार्तामा थिएँ । समाजवादीले हामीले निर्णय नगरुञ्जेल आइजो वामदेव आइजो भन्नुभयो। निर्णय गरेर जाँदा कुनै पनि जवाफ दिनुभएन।’ वामदेवले भने, ‘त्यसपछि एमालेसँग प्रयत्न गर्ने निर्णय भयो। उहाँहरूलाई सुनाइयो। उहाँहरूले वामदेव किन आउनुपर्‍यो? तपाईं आउनुहोस् भनेर हाम्रा साथीहरूलाई बोलाउनुभयो । अन्तिममा केपी ओलीले बोलाउनुभयो र म गएँ । मलाई दिने कामको विषयमा, मेरो जिम्मेवारीका विषयमा उहाँले पनि केही पनि बोल्नुभएन ।’

    ओलीले आफूलाई नेकपा फुटाएको र प्रचण्डलाई साथ दिएको आरोप मात्रै लगाएको गौतमले सुनाए।

    ‘पार्टी फुटाउनुभयो। मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन। प्रचण्डलाई साथ दिनुभयो, एमाले समाप्त पार्न लाग्नुभयो भनेपछि मैले त्यहाँ रहन सक्ने स्थिति देखिनँ।’ गौतमले भने, ‘त्यसपछि म ४३ वर्षको मित्रता छँदैछ, बोलाउनुभयो भने भेटघाट गर्दै गरौंला भनेर नमस्कार गरेर फर्किएँ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार