Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री विजय यादव


    सोमबार, साउन १ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट प्रहरीले पक्राउ गरेको छ। यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

    बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देहीमार्फत् जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको छ।

    रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवलाई सोमबार कार्यालयमा बुझाइएको जानकारी दिए।

    नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरू गरेका यादवले दलले टिकट नदिएको झोंकमा पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार