Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनको दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते


    शुक्रबार, असार २९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ दासढुंगामा बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

    काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान आफैं अनियन्त्रित भएर पल्टिँएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार