काठमाडौैं । झापाको झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउने क्रममा २२ लाख ९ हजार ८ सय २३ रुपैयाँ ४० पैसा अनियमितता गर्ने तत्कालीनअध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तिदेवी बुढाथोकीसहित ११ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किमि बाटो बनाउनका लागि गाउँपालिकाबाट र स्थानीय जनतासँग गरी बजेट विनियोजन भएको तर उक्त रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सव–इन्जिनियर विज्ञान चम्लागाँईले झापा गाउँपालिकाबाट आ.व २०७४–०७५ मा विनियोजित रकमबाट झापा गाउँपालिका वडा नं ३,६ र ७ स्थित “लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल” योजना कार्यमा फिल्डमा अनुगमन–निरीक्षण गरी सोको वास्तविक परिमाण प्रमाणित गरी नापी किताब तयार गरी भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरेको पाइएको आयोगले जनाएको छ ।
साईटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार एवं स्वीकृत गरी २२ लाख ९ हजार ८ सय २३ रुपैयाँ ४० पैसा बढी भुक्तानी दिएको देखिन आएकाले प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, अभिषेक दास र विज्ञान चम्लागाँईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बमोजिम जरिवानाको मागदाबी सहित मुद्दा दायर गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र शान्तादेवी सुब्बा राई, झापा गाउँपालिका वडा नम्बर ३, ६ र ७ का तत्कालीन वडाध्यक्षहरु मोतिलाल गणेश, हरिबहादुर बानियाँ र नेत्रप्रसाद उप्रेतीका बिरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
लाई पनि माथिकै जति रकम बिगो र जरिवाना माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend