Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्कुलबाट बच्चा लिएर फर्किने महिलाको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ


    मंगलबार, असार २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जिल्ला प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ। ललितपुर प्रहरीले आज पत्रकार सम्मेलन गर्दै स्कुलबाट बच्चा लिएर फर्किने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–११ लुकुसी बस्ने वर्ष ३२ को लोलि   न काजी महर्जन,ललितपुर–७ सुन्धारा बस्ने ३१ वर्षीय रवीन्द्र शाक्य र काठमाडौंको नरदेवी बस्ने ३३ वर्षीय रोहन नेपाली छन्।

    ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरि लुटपाट गरेको देखिएको र तीन जनालाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार