काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहिबार) को मूल्य सूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज ठुलो नेपाली गोलभेँडा, लौका, घिरौँला, पालूगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ४२ रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, रातो आलु, रुख कटहर र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ५३ रुपैयाँ ४० पैसा तोकिएको छ ।
यसैगरी, लोकल गाजर ९२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली (ज्यापु) र भेडे खुर्सानी ७५ रुपैयाँ, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसा, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसामा कारोबार हुँदा लाम्चो भन्टा र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, हाइब्रिड सेतो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी र तने बोडी १२५ रुपैयाँमा किनबेच भएको छ ।
मकै बोडी १०५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११० रुपैयाँ, परवर, गान्टे मूला, चुकन्दर र इस्कुस ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, पाकेको फर्सी ४३ रुपैयाँ ३३ पैसा, भिण्डी १०५ रुपैयाँ, रायोको साग, न्युरो, हरियो प्याज, हरियो तरबुजा, लोकल नास्पाती र हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँमा खरिद बिक्री हुँदा कुरिलो २३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली र रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदिना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ तोकिएको छ ।
यसैगरी, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४२५ रुपैयाँ, कालो अङ्गुर ५७५ रुपैयाँ, भुईँ कटहर १९० रुपैयाँ, लोकल काँक्रो ९२ रुपैयाँ, लोकल लिची १४५ रुपैयाँ, किवी ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३०० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ र हरियो धनियाँ १७५ रुपैयाँ पर्नेछ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend