काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो ।
शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् ।
कलङ्कीस्थित एड्मार्क कलेजमा अध्ययनरत अविन महर्जनले भने, “पढेको जति सबै बिर्सिसक्यौँ । अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ ।” ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो वर्षकै नयाँ समूहका विद्यार्थी आइसकेका छन् । केही निजी क्याम्पसले पहिलो र दोस्रो दुवै समूहका विद्यार्थीलाई सँगसँगै राखेर पढाइरहेका छन् ।
त्रिविमा वार्षिक प्रणालीमा मात्रै होइन, सेमेस्टर प्रणालीमा सञ्चालन भइरहेका स्नातक तहकै तथा स्नातकोत्तर तहमा परीक्षा र पढाइ नियमित छैन । शैक्षिक पात्रो अनुसार पढाइ, परीक्षा र नतिजा सम्पन्न गर्न नसकेकै कारण मुलुकको उच्च शिक्षाको ८० प्रतिशत विद्यार्थी भार बोकिरहेको त्रिविले सार्वजनिक आलोचना खेप्दै आइरहेको छ ।
समयमै परीक्षा र नतिजा सार्वजनिक नहुँदा विद्यार्थीले थप अध्ययनको योजना बनाउन सकेका छैनन् । लोक सेवा आयोग वा अन्य सरकारी रोजगारीमा प्रतिस्पर्धा गर्नबाट वञ्चित छन् । विद्यार्थीले हरेक वर्ष खेप्नुपर्ने यो हैरानीबाट कसरी मुक्त गराउने भन्ने विषयमा त्रिविका जिम्मेवार पदाधिकारीसमेत चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।
एक त रोजगारी केन्द्रित पढाइको अभाव, त्यसैमाथि पढाइ, परीक्षा र नतिजाको समय भरपर्दो नभएपछि थप अध्ययनका नाममा बिदेसिने विद्यार्थीको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ ।
पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले वार्षिक प्रणाली अनुसार पढाइ हुने तहका विद्यार्थीलाई शैक्षिक पात्रोको अनियमितताका कारण सबैभन्दा धेरै समस्या परेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend