काठमाडौं । “जो शिक्षक प्रसन्न चित्त रहन्छन् तिनका शिष्यहरू पनि प्रसन्न रहने गर्दछन् । हाँसीखुसी साथ नयाँ नयाँ कुरा सिक्तै जान्छन् । जो शिक्षक उदास मन गरेर पढाउँदछन् तिनीहरूका शिष्यहरू पनि ध्यानपूर्वक मन लगाएर पढ्दैनन् । शिक्षकको हृदय धार्मिक भावले, सुन्दर विचारले भरिइरहेको हुनुपर्दछ ।”
“एक सय पाँच वर्षअघि अर्थात् १९७४ साल फागुन २८ गतेको गोरखापत्रमा शिक्षकको गुण’ शीर्षकमा एउटा लेख छापिएको लेखको यस भनाइले शिक्षक र विद्यार्थीबिचको सम्बन्ध र सिकाइको अभ्यासलाई दर्साउँछ । यसमा भनिए जस्तै वर्तमानमा शिक्षकलाई प्रसन्न चित्त अवस्थामा फेला पार्न सकिन्छ ? भन्ने जिज्ञासामा शिक्षकहरूको सहज जवाफ हुने गर्छ, “सकिँदैन ।”
कारणबारे शिक्षकहरूको तर्क हुने गर्दछ, “शिक्षकका समस्यै समस्या छन्, राज्यले सम्बोधन नगर्दासम्म प्रसन्न चित्त कठिन हुन्छ ।” नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले समस्याका १७ थरी फेहरिस्त सुनाउँदै भने “शिक्षकका एकै खालका सेवा सुविधा छैन । स्थायित्व छैन । बढुवा छैन । ग्रेडमा विभेद छ । कक्षाकोठाभित्र पर्याप्त दरबन्दी छैन । महिनावारी तलब उपलब्ध गराइँदैन । यस पेसामा उत्साह र अभिप्रेरणा नभएपछि व्रmमशः आकर्षण घट्दो छ । यस्तै रहेमा अब्बल जनशक्ति शिक्षण पेसामा प्रवेश नगर्ने अवस्था रहन्छ ।”
विशेष गरी २०४६ सालको प्रजातन्त्रपछि शिक्षकहरूले दलको झन्डा बोकेर हिँड्न थालेपछि शिक्षकको मर्यादा र प्रतिष्ठामा समाजले औँला ठड्याउन थालेको हो । यसले गर्दा शिक्षकप्रतिको सम्मान र बुझाइमा समाजको दृष्टिकोण फरक हुँदै गयो । तर शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले एकाध शिक्षकलाई उदाहरण दिएर यसलाई सामान्यीकरण गर्न नमिल्ने तर्क गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend