Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते


    शुक्रबार, असार १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन्।

    घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    प्रहरीका अनुसार बसमा ४० जना यात्रुहरु थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार