काठमाडौं । सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५ जना मन्त्रीकै सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ ।
भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही गर्ने प्रतिवद्धता जनाउँदै आएका प्रधानमन्त्रीले आफू र आफ्नो सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य राख्दै आएपछि उहाँको प्रतिवद्धतामा नै आशंका सिर्जना भएको छ ।
सामान्यतया सरकार गठन भएको ६० दिनभित्र प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन रहँदै आएको छ । तर, प्रचण्ड नेतृत्वको सरकारले गठन भएको १ सय ८४ दिन (६ महिना बढी) पुगिसक्दा समेत सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रचण्ड नेतृत्वको सरकार गत ११ पुष २०७९ मा गठन भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भए पनि मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्न नसक्दा सम्पत्ति गोप्य राखिएको हो । हरेक सरकार गठन भएसँगै सो सरकारले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्ने र सोहीअनुसार सम्पत्ति विवरण सार्वजनिक हुने गरेको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय नगर्नाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण प्राप्त भए पनि मन्त्रिपरिषद्ले निर्णय गर्न नसक्दा सार्वजनिक गर्न नसकिएको बताए ।
स्रोतका अनुसार प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक गर्न आलटाल गर्दै आइरहेका छन् । जसका कारण प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू नै आफ्नो सम्पत्ति लुकाउन उद्यत रहेको देखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend