Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने मूल पुजारी योगी निलम्बित


    बिहिबार, असार १४ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको हो।

    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो ।

    समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार