काठमाडौँ। नेपालका स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज (सोमबार) जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।
जिल्ला अदालत काठमाडौँले माग गरेबमोजिम अस्पतालले डाक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाइ तोकिएको हो। वादी पक्षले क्षतिपूर्तीका सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो। यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो। जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुन: जिल्ला अदालतमा निवेदन दिएका थिए।
उनीहरूले करिब ३६ हजार बराबरको माग गरेको भएपनि अदालते अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो। अदालते पीडितको मानसिक र शारीरिक परीक्षण गर्ने चिकित्सकबाट अनुमानित के कति खर्च पर्न सक्छ चिकीत्सकबाट प्रतिवेदन मगाएर अदालतमा पेश गर्नु भनी आदेश दिएको थियो। अस्पतालले पठाएको डक्टर प्रतिबेदनमा शारीरिक परीक्षणबापत् प्रति परीक्षण १०४७ (एक हजार सट्चालिस) लाग्ने जनाएको छ। मानसिक काउन्सिलिङका लागि प्रति सेसन १५०० लाग्ने प्रतिवेदन अदालतलाई पठाएको छ। अस्पतालले पठाएको प्रतिवेदनमा भविश्यमा के-कति खर्च लाग्छ अहिलेनै एकिन गर्न नसकिने जनाइएको छ।
‘बिरामीको उपचार बापत के कति खर्च लाग्ने भन्ने विषय रोगको प्रकृति परिमाण समेतका आधारमा फरक-फरक हुने हुँदा रोग पत्ता नलागी उपचार मूल्य एकिन हुन नसक्ने ब्योहोरा सादर अनुरोध गर्दछौँ’ ‘डक्टर प्रतिवेदनमा भनिएको छ।
सन्दीपको मुद्दाको फाइनल वहसको पेशी भने अहिले स्थगित छ। विश्वकप छनोटका लागि सन्दीप जिम्बाब्वेमा रहेका कारण अहिलेलाई फाइनल पेशी स्थगित गरिएको हो।
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend