Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू कायमै


    बिहिबार, जेष्ठ २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    मुलुकभर दिनप्रतिदिन बढ्दै गएको गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । तराईका क्षेत्रमा गत शुक्रबारदेखि लू लागिरहेको छ भने यो क्रम अझै चार पाँच दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए ।

    आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा मौसम बदली हुँदा त्यो क्षेत्रमा केही राहत महसुस हुने उनले बताए ।

    यद्यपि तराईको लू भने झनै बढ्ने देखिएको छ । बुधबार तराईका क्षेत्रमा ४२.२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ भने आज थप एक डिग्री बढ्ने अनुमान महाशाखाको छ ।

    हिजो जनकपुरमा ४२.२, भैरहवामा ४१.८, सिमरामा ४१.७, नेपालगञ्जमा ४१.६, विराटनगरमा ४१ तथा धनगढीमा ३९.९ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।

    आज मौसम बदली नहुने क्षेत्रमा कम्तीमा एक डिग्रीसम्म बढ्ने मौसमविद् झाले बताए ।

    न्यूनतम तापक्रमसमेत बढेको छ । जनकपुरमा २७, भैरहवामा २६.८, धरानमा २६.८, सिमरामा २६ डिग्री सेल्सियस रहेको थियो ।

    आज जनकपुरमा बढेर २८.८, विराटनगरमा २८.८, भैरहवामा २६.४, सिमरामा २५.६ डिग्री रहेको छ ।

    काठमाडौं उपत्यकामा पनि गर्मी निकै बढेको छ । अधिकतम तापक्रम ३२.१ डिग्री तथा न्यूनतम तापक्रम १८.८ डिग्री सेल्सियस रहेको छ ।

    काठमाडौंमा दिउँसो मौसममा केही बदलीजस्तो देखिए पनि अधिकतम तापक्रम एक डिग्रीसम्म बढ्न सक्ने देखिएको छ ।

    हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार