काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मुलुकभर दिनप्रतिदिन बढ्दै गएको गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । तराईका क्षेत्रमा गत शुक्रबारदेखि लू लागिरहेको छ भने यो क्रम अझै चार पाँच दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा मौसम बदली हुँदा त्यो क्षेत्रमा केही राहत महसुस हुने उनले बताए ।
यद्यपि तराईको लू भने झनै बढ्ने देखिएको छ । बुधबार तराईका क्षेत्रमा ४२.२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ भने आज थप एक डिग्री बढ्ने अनुमान महाशाखाको छ ।
हिजो जनकपुरमा ४२.२, भैरहवामा ४१.८, सिमरामा ४१.७, नेपालगञ्जमा ४१.६, विराटनगरमा ४१ तथा धनगढीमा ३९.९ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।
आज मौसम बदली नहुने क्षेत्रमा कम्तीमा एक डिग्रीसम्म बढ्ने मौसमविद् झाले बताए ।
न्यूनतम तापक्रमसमेत बढेको छ । जनकपुरमा २७, भैरहवामा २६.८, धरानमा २६.८, सिमरामा २६ डिग्री सेल्सियस रहेको थियो ।
आज जनकपुरमा बढेर २८.८, विराटनगरमा २८.८, भैरहवामा २६.४, सिमरामा २५.६ डिग्री रहेको छ ।
काठमाडौं उपत्यकामा पनि गर्मी निकै बढेको छ । अधिकतम तापक्रम ३२.१ डिग्री तथा न्यूनतम तापक्रम १८.८ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौंमा दिउँसो मौसममा केही बदलीजस्तो देखिए पनि अधिकतम तापक्रम एक डिग्रीसम्म बढ्न सक्ने देखिएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend