काठमाडौं । पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसवापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ । व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग गरेबापतको भाडा बुझाउन अटेरी गर्दा लामो समयसम्मको रकम उठ्न बाँकी छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार पशुपति क्षेत्र विकास कोषले पनि आम्दानी तथा खर्चका शीर्षक, सम्पत्ति कोषको वर्गीकरण, व्याख्यालगायत लेखा नीति र निर्देशिकासमेत तयार गरेको छैन । कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डन कोषका पदाधिकारीहरूको कमजोरीका कारण व्यवसायीले भाडा तिर्न आनाकानी गरेको बताउँछन् ।
यस्तै मन्दिरपरिसरमा सञ्चालित १ सय ४८ वटा फूल पसलमध्ये अधिकांशले २०७३ सालदेखिको भाडा रकम बुझाएका छैनन् । कोषका अनुसार महिनाको ५ सय रूपैयाँ मात्र भाडा भए पनि उनीहरूले बुझाउन आनाकानी गरेका छन् ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पटकपटक ताकेता गर्दा पनि करिब १ करोड रूपैयाँ उठ्न बाँकी छ। पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावलीमा पशुपतिनाथ क्षेत्रभित्र पूजा सामग्रीको व्यापार गर्न अनुमति लिनुपर्छ र त्यसको अनुगमन कोषले गर्नुपर्छ । यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend