Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै


    सोमबार, जेष्ठ २२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् । अदालतमा मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देसाईंसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

    काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाबे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ ।

    लामिछाने आज प्रशिक्षक देसाईंसँगै राती २ बजे अफ्रिका जाने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार