Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते


    मंगलबार, जेष्ठ १६ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो मुग्लिनमा दुर्घटना भएको हो ।

    बसमा सवार रहेका ३२ जनै घाइते भएको प्रहरीले बताएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

    प्रहरीका अनुसार सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार