काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जमा कार्यरत बरिष्ठ निरीक्षक शशी भुषणकुमार यादवका बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । यादवले नोकरी अवधिभर बिभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमा अनुसन्धान गरी आयोगले मंगलबार मुद्दा दर्ता गरेको जनाएको छ ।
अख्तियारको अनुसन्धानमा यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गरेको थियो । जसमा खर्च तथा लगानीतर्फ यादव र उनको एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, विमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋणरसापटीको साँवाव्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्वरकर तिरेको र बैंक मौज्दातसमेत गरी जम्मा ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ १२ पैसा खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।
सोही जाँच अवधिमा निज र निजको एकासंगोलका परिवारको आय आर्जनतर्फ उनको पारिश्रमिक–तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट वचत, घरभाडा, बुहारीको पारिश्रमिक वचत, विमा फिर्ता, विदेश तालिम आयबाट बचत, ऋण सापटी, उपचार खर्च, संचित विदाको रकम, कर्मचारी संचयकोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकासबाट प्राप्त रकम, पेन्सन आयबाट बचत र छोराको तलव बचतसमेत गरी जम्मा २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ ८६ पैसा आय आर्जन गरेको देखिन्छ ।
अख्तियारका अनुसार उनको बैध आय रु. २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ ८६ पैसाको अनुपातमा सोही अवधिमा उनले रु. ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ १२ पैसा खर्च तथा लगानी गरेको देखियो । यादवको कुल बैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा उनको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई रु. ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैया २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई बैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ । उनको बैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति अमिल्दो र अस्वभाविक देखिएबाट बैधानिकरुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको यादव र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्चस्तरको जीवनयापन गरेको प्रमाणित हुन आएको छ ।
अतः सार्वजनिक पद धारण गरेका पूर्व बरिष्ठ निरीक्षक शशीभुषण कुमार यादवले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले यादव ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ २६ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शशी भुषणकुमार यादवले गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्ति स्रोत खुलेको घर, जग्गाहरु, बैंक मौज्दातसमेतका सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६९(ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत असुल उपर गर्न मागदाबी गरिएको छ ।
साथै शशीभुषण यादवकी श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे–बढाएको सम्पत्तिसमेत जफत गर्न माग गरिएको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend