काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेको फिल्म हेरेर मनोरञ्जन लिने पुस्ताले विपना थापालाई नचिनेका हुन सक्छन् । विपना अभिनित कतिपय फिल्म युट्युबमा भेटिए पनि पुरानो प्रविधिमा निर्मित फिल्मको चर्को साउन्ड र धमिलो प्रकाशले अहिलेका पुस्ताका दर्शकलाई झट्टै आकर्षण गर्दैन । एउटा यथार्थ के हो भने विपना पनि आफ्नो जमानामा अहिलेको साम्राज्ञीजस्तै महँगी नायिका थिइन् । सामाजिक सञ्जाल नहुँदा उनलाई हेर्नकै लागि घण्टौं हिँडेर हलमा पुग्ने दर्शक हजारौं थिए ।
उनै विपनाले नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गर्ने भएकी छन् । विवाहपछि भारतमै बस्दै आएकी विपनाले चलचित्र ह्रस्व दीर्घबाट आफू पुनः नेपाली चलचित्रमा फर्किन लागेको बताइन् ।
निता ढुंगानाले निर्माण गरेको यो चलचित्रबाट कमब्याक गर्न लागेकी विपना भन्छिन्, ‘मलाई निताले ‘कमब्याक गराइन् । सुटिङको तयारीका साथ केही दिनमै फेरि नेपाल आउँदै छु ।’ तिनै तिनै कलाकार हुन् अशोक शर्मा निर्देशित चलचित्र ‘मितिनी’मा विपना नायिका थिइन् भने विपनाको बाल्यकालको भूमिका निताले निर्वाह गरेकी थिइन् । आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend